सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जना घाइते

रिपोर्ट नेपाल | 2022 May 27 | 01:33 pm 1617

सल्यान, जेठ १३ः सल्यानबाट दाङका लागि छुटेकाे बस शुक्रबार बिहान दुर्घटनामा परेकाे छ। बागचौर नगरपालिका -९ पातिहाल्नबाट दाङकाे तुलसीपुरकाे लागि छुटेकाे ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगरपालिका -२ जङ्गार खाेला नजिक दुर्घटनामा परेकाे ईलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ।

दुर्घटनामा परि ७ जना घाइते भएका छन्। घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका -२ दहखोलाकि २२ वर्षिय अन्जना गिरी, गंगादेव गाउँपालिका -३ रोल्पाकि ५८ वर्षिय दिलकुमारी खड्का, बागचाैर नगरपालिका -८ कोटमाैलाकी ६३ वर्षिय चम्फा ढकाल, बागचाैर नगरपालिका -८ कोटमाैला ४८ वर्षिय अजमत कामी, साेहि ठाउँका ३६ वर्षिय दिपक याेगी, ७५ वर्षिय लिलानाथ याेगी र बागचौर नगरपालिका -९ कि २३ वर्षिय मनिसा भण्डारी रहेका छन्।

दुर्घटनाकाे कारण भने ओरालो सडकमा आजै टिप्पर दुर्घटना भएकाे हुदा बाटाे साघुराे देखेपछि साइट हेर्न गाडी चालक ओरालोमा गाडीलाई गेरमै राखेर बाहिर आएकोले दुर्घटना हुन पुगेको प्रारम्भिक अनुमाग गरिएको छ ।

गाडीमा ३४ जना सवार रहेकाे बताइएको छ। अहिले घाइते सबैकाे बागचौर स्थित जनप्रिय पाेलिकिल्निकमा उपचार भइरहेको छ। अहिले उद्दारकाे काम जारी रहेकाले थप विवरण आउन बाकी रहेकाे प्रहरीले बताएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.