सल्यान, फागुन २२ : काठमाडौंबाट रुकुमका लागि छुटेको बस सल्यानमा दुर्घटना हुँदा १५ जना घाइते भएको बुझिएको छ। शारदा नगरपालिका–१ चैवाङज्युला नजिकै बुधबार बिहान काठमाडौंबाट रुकुमका लागि छुटेको ना ४ ख ५३७३ बस दुर्घटना भएको हो।
दुर्घटना स्थलमा स्थानीयबासी र प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइतेहरुको श्रीनगर स्थित विभिन्न अस्पतालमा उपचार भई रहेको छ। दुर्घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको प्रहरीले जनाएको छ।