सल्यानमा जिप दुर्घटना : २ जनाको मृत्यु, १५ घाइते

| 2023 Sep 30 | 08:23 am 1441

काठमाडौँ, असोज १३।सल्यानमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका ५, लेखपोखराबाट गरिपारे मेला हेरेर शारदा नगरपालिका १२, कागखोला आउँदै गरेको लु-१ज १८६१ नम्बरको जिप शुक्रबार बेलुकी करिब ५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

जिप सडकबाट करिब ६० मिटर तल खसेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको श्रेष्ठले जानकारी दिए। दुर्घटनामा शारदा नगरपालिका-१ चैवाङज्यूलाका जिप चालक २१ वर्षीय रविन बुढाथोकी, शारदा १२ कागखोलाका ५० वर्षीय कालिबहादुर बुढाथोकी, सोही वडाकी ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका९५ की २४ वर्षीया निर्मला बस्नेत, शारदा १२ की लक्ष्मी खड्का घाइते भएका छन्।

त्यसेगरी शारदा १४ की २४ वर्षीया निरु कुँवर, शारदा १२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ वर्षकी हीमा ओली, २५ वर्षकी टीका बोहरा, १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी, शारदा १३ की ७५ वर्षीया जिउली बोहरा पनि घाइते भएकी छन्। घाइतेहरूको जिल्ला अस्पताल र श्रीनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

(न्यूज अफ नेपालबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.