सल्यान, मंसिर १४: जिल्लाको कुमाख गाउँपालिका ५ मा भएको मतदानमा नेकपाका धर्मे बुढाथोकी ७ सय ९२ मत सहित बिजयी भएका छन्।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका खड्गबहादुर बोहोराले २ सय ५१ मत प्राप्त गरे। त्यसैगरी राप्रपाका उम्मेदवार गोपाल शाहल २१ मत ल्याएका थिए ।
सल्यानमा कुल १ हजार ८ सय ३९ मतदातामध्ये १ हजार १ सय २४ मत खसेको थियो। जसमा ६० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए ।