काठमाडौं, कात्तिक १२ः नेपाल बार एसोसिएसनमा कानुन व्यवसायीहरुबीच कुटाकुट भएको छ। एसोसिएसनमा बैठक जारी रहँदा परिसरमा कानुन व्यवसायी कुटाकुट भएका हुन् ।
अधिवक्ता भूमिनन्द चुडालले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनुपर्ने भन्दै विभिन्न सञ्चार माध्यमहरुलाई अन्तर्वार्ता दिँइरहँदा अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि कुटपिट गरेका हुन। चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् ।