काठमाडौं, पुस २७ः प्रचण्ड र नेपाल टोलीले सर्वोच्चको फैसला नआएसम्म निर्वाचनका गतिविधि रोक्न सुझाव दिएको छ । सोमबार निर्वाचन आयोग पुगेको दाहाल-नेपाल टोलीले सो सुझाव दिएको हो ।
प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जनाउँदै सर्वोच्चबाट फैसला नआएसम्म निर्वाचनको तयारी गर्नुको कुनै अर्थ नरहेको टोलीले बताएको छ ।
प्रचण्ड-नेपालले निर्वाचन आयोग पुगेर प्रमुख आयुक्तसँग छलफल गरेका छन् ।