सर्वोच्चको आदेशले एमाले र माओवादी केन्द्र कायमै

| 2021 Mar 07 | 06:42 pm 2737

काठमाडौँ फागुन २३ : सर्वोच्चको आजको दल समन्धी फैसलाले तत्कालिन नेकपा एमाले र नेकपा माओवादीलाई ब्युँताएको छ । सर्वोच्‍च अदालतले ऋषि कट्टेलको पक्षमा आदेश गरेसंगै एमाले र माओवादी केन्द्र पुरानै अबस्थामा फर्किएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा आदेश गरेको हो । कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलको दाबीअनुसार उनले नेतृत्व गरेको दल २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त पार्टीको संक्षिप्त नाम नेकपा भनी जनाइएको थियो। निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता आयोगमा कायमै थियो।

साविकदेखि आयोगमा दर्ता कायम रहेको दलमध्येबाट एकिकरण भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको आदेशमा उल्लेख छ । आदेशमा तत्कालिन नेकपा कम्‍युनिस्ट पार्टी पार्टी (एकिकृत मार्कस्वादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक दलहरू एकिकरण भई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नामबाट राजनीतिक दल दर्ता सम्बन्धि ऐन २०७३ को दफा १० अनुसार कानून बमोजिम एकिकरण भई दर्ता हुन आएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.