सर्वोच्चको आदेशलगत्तै दीपक मनाङ्गे रिहा

| 2018 Dec 21 | 03:27 pm 1780

काठमाडौँ,  पुस ६ : ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशमा उनी शुक्रबार जेलबाट छुटेका हुन् । बाँकी कैद मिनाहा गर्ने आदेशसँगै उनी छुटेका हुन् ।

अर्का गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय गरिएको थियो । प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभामा निर्वाचित भएपछि नै पक्राउ गरी जेल पठाइएको हो ।

प्रदेशसभा निर्वाचनमा मनाङबाट विजयीसमेत भएका मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए ।

उनलाई ७ वैशाखमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो । मनाङ्गेलाई तत्कालिन पुनरावेदन अदालत पाटनले पाँच वर्ष थुनामा राख्न आदेश दिएको थियो । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी स्वयम्भूबाट पक्राउ परेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.