काठमाडौं, साउन २१ः सर्वोच्च अदालतका तीन जना सवारी चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित तीनैजना सवारी चालक रहेको सर्वोच्च स्रोतले जानकारी दिएको हो।
उनीहरु कोही पनि न्यायाधीशका चालकहरु नभएको स्रोतले जानकारी दिएको छ।
हाल तीनैजना सवारी चालकलाई आइसोलेसनमा पठाइसकिएको पनि स्रोतले जानकारी दिएको हो।
सोमबार सर्वोच्च अदालतबाट एक सय जनाको स्वाब परीक्षण गरिएको थियो। यसमध्ये बुधबार ६० जनाको रिपोर्ट आएकोमा तीन जनामा कोरोना पोजिटिभ आएको छ।
त्यस्तै, सोमबार अख्तियारका १५ जना सुरक्षाकर्मीसहित १६ जनामा कोरोना संक्रमण देखिएको थियो।