सर्वाेच्चद्वारा काेराेनाबाट नागरिकको जीवन रक्षाका लागि पीसीआरको परीक्षण दायरा बढाउन सरकारलाई आदेश

रिपोर्ट नेपाल | 2020 May 14 | 05:18 pm 1797

काठमाडाैं, जेठ १ः विश्वभर महामारीकाे रूपमा फैलिएकाे कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्न पीसीआरको परीक्षण दायरा बढाउनका लागि सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

विहीबार अधिवक्ता कमलबहादुर खत्री, वीरेन्द्र कुमार खत्र्रीलगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै कोरोना महामारी नियन्त्रणका लागि पीसीआरको परीक्षण दायरा बढाउन र त्यसको अभाव हुन नदिन आदेश दिएको हो ।

कोरोना भाइरससँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरेपनि सर्वोच्च अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.