सर्लाही १ (ख) मा एकीकृत समाजवादीकी लुङ्गेली निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 23 | 02:00 pm 2665

सर्लाही, मङसिर ७ः सर्लाहीको क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित भएकी छन् । सत्ता गठवन्धनको साझा उम्मेदवार रहेकी लुङ्गेली १३ हजार ६७७ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालकी शान्ति कुमारी लामाले छ हजार ९७५ मत पाइन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित लुङ्गेली सर्लाही १ (ख) का निवर्तमान सांसद समेत हुन् ।  लुङ्गेली छ हजार ६९९ मतान्तरले दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

लुङ्गेलीसँग पराजित विपक्षी गठवन्धनको तर्फबाट एमालेकी लामा लालबन्दी नगरपालिकाको निवर्तमान उपप्रमुख हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.