सर्लाहीमा सशस्त्र प्रहरीको असुलीधन्धा

| 2023 Oct 11 | 01:46 pm 2865

सर्लाही, असोज २४ । त्रिभुवननगर स्थित बिओपी त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीले असुलीधन्धा सुरु गरेको छ | सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी पछिल्लो समय भने असुली धन्धामा जुटेको छ |

मलंगवाको आसपास क्षेत्रबाट रुपैडिया किनमेल गर्न जाने सर्बसाधारण लाई सास्ती दिने र ५०/१०० रुपै‌ंया असुली गर्ने गरेको पाइएको छ | साइकलमा घरायसी सामान लिएर आउदै गरेका ब्यक्तिहरुलाई थर्काउने धमक्याउने र ५०/ १०० रुपैयाँ दिए मात्र छोडने गरेको पाइएको छ |

चेक पोइन्टको नाममा सशस्त्र प्रहरीको असुली चलिरहेको सर्वसाधारण बताउँछन | घरको सामान ल्याउँदा सर्वसाधारणलाई तनाव दिने राती र दिउँसो ठूलो परिणाममा सेटिङमा खुलेआम तस्करी गराउने काम सशस्त्र प्रहरीबाटै हुने गरेको स्रोत बताउँछ |

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.