सर्लाहीमा एक युवकको टाउको मात्र भेटियो

| 2023 Aug 10 | 11:39 am 5493

सर्लाही, साउन २५  ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुलमुनि एक अज्ञात युवकको हत्या गरी शरीरको अन्य अंग गायब पारी टाउको छाेडेको अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ  ।

आज  बिहान स्थानीयवासीले खोलाको बगरमा टाउको मात्रै देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुका अनुसार  प्रहरी टोली घटनास्थलमा पुगी सकेको र त्यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरी नायव उपरीक्षक थारुका अनुसार घटनास्थलको अवस्था हेर्दा युवकको  हत्या भएको धेरै समय नभएको जस्तो देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.