सर्पले डसेर वडाध्यक्षको मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 07 | 09:57 am 5189

विराटनगर, जेठ २४: मोरङको धनपालथान गाउँपालिका–२ का अध्यक्षको विषालु सर्पले डसेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार राति शौच गर्न जाने क्रममा ३५ वर्षीय वडाध्यक्ष बलिराम भगतलाई सर्पले डसेको थियो ।

गम्भीर अवस्थामा विराटनगरस्थित एक अस्पतालमा उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.