सप्तरी, साउन २४ः सर्पको टोकाइबाट सप्तरीमा एक किशोरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजविराज नगरपालिका– १६ बोरिया बस्ने पवन देवका १६ वर्षीय छोरा गोलु देव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार घर नजिकै डुलिरहेका अवस्थामा सर्पले टोक्दा उनको मृत्यु भएको बताएको हो ।
उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पुर्याइएको थियो । थप उपचारका लागि धरान लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।