मोरङ, भदाै २ः जिल्लाको सुनवर्षी नगरपालिका–९ मा बुधबार राति सर्पले टोकेर एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा २९ वर्षीय सञ्जय सिंह रहेका छन् ।
रातको समयमा बाहिरबाट घर फर्कने क्रममा सिंहको खुट्टामा सर्पले टोकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई कुन प्रजातिको सर्पले टोकेको हो भन्ने यकिन भइसकेको छैन।
प्रहरीका अनुसार घरनिजकै आइपुगेपछि आफूलाई सर्पले टोकेको भनेर उनले परिवारमा जानकारी गराएका थिए। त्यसलगत्तै आमाले उपचारका लागि रंगेली अस्पताल ल्याउने क्रममा बाटैमा सिंहको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार शव रंगेली अस्पतालमै राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ।