सर्पले टोकेर एक बालिकाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jul 25 | 01:34 pm 1594

बुटवल, साउन १०ः गएराति रुपन्देहीमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको मर्चवारी–५ वडबलीयाकी ५ वर्षीया तवरेज मुसलमान रहेका छन् ।

घरमा खेलिरहेको बेलामा दाहिने हातमा सर्पले डसेपछि उपचारको लागि भैरहवास्थित भीम अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.