सर्पको टोकाइबाट कैलालीमा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jul 02 | 01:57 pm 2465

कैलाली, असार १८ः सर्पको टोकाइबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया सम्पतुदेवी राना रहेकी छन् ।

प्रहरीका अनुसार आफ्नै घरको कोठामा बुधवार साँझ करिब ६ बजे सर्पले डस्दा उनको मृत्यु भएको हो ।

उनलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.