सर्लाही, असार २६: जिल्लास्थित रामनगरमा सर्पले टाेक्दा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही दक्षिण क्षेत्र रामनगर गाँउपालिका–२ खैर्वा टोल बस्ने शंकर साहको १० वर्षीय छोरा चन्दन साहको मृत्यु भएको प्रहरी चौकी बहुअर्वाले जनाएको हो ।
आफ्नै घरमा खेलिरहेको बालकलाई सर्पले टोकेको थियाे । टाेके पश्चात् बालकको उपचारका लागि रौतहटको गौर लैजाने क्रममा बाटोमै मृत्यु भएको परिवारले जानकारी दिए ।