सरसफाइमा लापरवाही गर्ने इच्छाकामनाको एभरेष्ट होटलमा सिल

| 2023 Sep 29 | 05:08 pm 1349

चितवन, असोज १२ । सेवाग्राहीले राजमार्गका होटलहरुले गर्ने लापरवाहीको विषयमा व्यापक गुनासो गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्न थालेको छ ।

दैनिक हजाराैको संख्यामा आवत जावत गर्ने  उपभोक्ताहरुको स्वास्थ्यको ख्याल नराखी सरसफाईमा गम्भिर लापरबाही गर्ने इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित एभरेष्ट होटल सिल गरिएको छ । विभागका खाद्य अनुसन्धान अधिकृत सन्तोष ढकालको नेतृत्वमा बिहीबार साँझ गएको अनुगमन टोलीले होटल सिल गरेको हो ।

अनुगमनका क्रममा एभरेष्ट होटलले खानेकुरा राम्रोसंग भण्डार नगरेको, बासी खानेकुराहरु बेच्नको लागि राखेको, काम नगर्ने बिग्रेको फ्रीजमा खानेकुरा राखेको, खाना पकाउने भान्सा मापदण्ड अनुसार नभएको, भान्साको सरसफाइ राम्रो नभएको र  खाना पकाउने तेलको गुणस्तरयुक्त प्रयोग नगरी उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरवाही गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख घननाथ अधिकारीले बताए । साथै तीन दिनभित्र होटल पूर्ण रुपमा सरसफाई कायम गर्न निर्देशन दिइएको  उनले बताए ।

सरसफाईका मापदण्ड पुरा भएपछि मात्रै होटल सञ्चालन गर्न दिइने विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.