काठमाडौं, कात्तिक १७: नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार संविधानलाई मिच्दै सर्वसत्तावाद तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
नेता पौडेलले आज आफ्नो फेसबुकको वालमा टिप्पणी गर्दै सरकारले प्रदेश प्रमुख जस्तो गरिमामय पदलाई हटाउने भनेको सर्वसत्तावादको सुरुवात भएको जनाएका छन् ।