सरकार र महासंघले धोका दिएकोले आन्दोलनलाई निरन्तरता दिने राहत शिक्षकको अडान

| 2023 Sep 24 | 01:38 pm 949

काठमाडौँ ७ असोज । महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, बाल विकास सहयोगी शिक्षक लगायतले नेपाल शिक्षक महासंघको आह्वनामा आन्दोलनमा होमिएका शिक्षकहरुले प्रदर्शन छाडेका छैनन् ।

आफूहरुको माग पूरा नभएसम्म सडक नछाड्ने भन्दै उनीहरुले अहिले पनि माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । सरकार र महासंघले आफूहरुलाई धोका दिएकोले आन्दोलनलाई निरन्तरता दिने उनीहरुको अडान रहेको छ।

राहत शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन पाउनुपर्ने, कुनै पनि बहानामा सरकारले राहत शिक्षकहरुलाई विस्थापित गराउन नहुने अडान लिएका छन् । पेन्सन बञ्चित शिक्षकहरु ऐन जारी नहुँदाको समयसम्म नियुक्ति पाएका शिक्षकहरुले पेन्सन सुविधा पाउनुपर्ने माग लिएर सडक आन्दोलनमा छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.