काठमाडौं बैशाख १८: कोरोन संक्रमणका बिरामीले देश भरका स्वास्थ्य संस्थाहरु खचाखच भरिएको र संक्रमितको संख्या झन् पछि झन् बढ्दै गए पछि सरकार जनतालाई स्वास्थ्य सेवा दिनबाट भागेको आरोप लागिरहेका बेला केहि नागरिक अगुवाको सक्रियतामा अक्सिजन सहितको एम्बुलेन्स संचालन गरिने भएको छ।
गत १६ गते देखि निषेधाज्ञा लागु भए पछि बिरामीले अस्पताल जान एम्बुलेन्स वा सवारी साधन नपाएको गुनासो बढे पछि पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसहित केहि संघ संथा र व्यक्त्ति हरुको सक्रियतामा अक्सिजन सहितको निशुल्क एम्बुलेन्स चौबिसै घण्टा संचालन हुने भएको छ।
यसरि जनतालाई एम्बुलेन्स सेवा दिनेहरुमा ओम समाज डेन्टल अस्पताल, हाम्रो नेपाल हामि नेपालीका संयोजक ज्ञानेन्द्र शाही, क्याप्टेन बिजय लामा, सिने नायक निखिल उप्रेती, हास्यकलाकार केदार घिमिरे ( माग्ने बुढा ) डाक्टर सुभाष घिमिरे र कर्ण बहादुर शाही रहेका छन्।
यसै गरि अधिबक्ता संजयराज अधिकारि , रामहरी शर्मा , देबेन्द्र प्रधान र बिरा समाज नेपालले पनि एम्बुलेन्स संचालनका लागि सहयोग गरेका छन्।
आर्थिक रुपले अस्पताल जाननसक्ने बिरामीका लागि २४सै घण्टा एम्बुलेन्स सेवा दिन ९८५१२७७३४२/ ९८५१२३९३४२ र ९८५१३१२४१७ नम्बरका फोनमा सम्पर्क गर्न सकिने छ। सरकार जिम्मेवारी बाट भागेपानी नागरिक स्तर बाट जिम्मेवारबोध गरेर एम्बुलेन्स संचालन गर्न लागेकोमा सर्बत्र प्रसंसा गरिएको छ।