सरकार जनताका समस्याप्रति गम्भिर नै छैनः अध्यक्ष महर

रिपोर्ट नेपाल | 2018 Sep 19 | 05:36 pm 3035

काठमाडौं, असोज ३ : नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले सरकार  यातायात व्यवसायी र जनताप्रति संवेदनशिल तथा गम्भिर नभएको आरोप लगाएका छन् । महरले एक विज्ञप्ति जारी गर्दै यातायात व्यवसायीले दशैंको मुखमा गरिएको प्रेट्रोलियम पदार्थको मुल्य फिर्ता गर्न माग गरेको र यातायात व्यवसायीको उक्त मागप्रति आफुहरुको पनि समर्थन रहेको बताए ।

पेट्रोलको मुल्य बढ्दा यातायातको भाडादर बढाउन तर्फ लाग्नु भन्दा दशैंको मुखमा यात्रुको समस्यालाई मध्यनजर गर्दै यातायात व्यवासयीले गरेको यो कदम तारिफ गर्न योग्य रहेको महरको ठहर छ ।

उनले सरकार गम्भिर हुनुपर्ने विषयमा स्वयम् यातायात व्यवसायीनै गम्भिर बन्नु तारिफयोग्य कदम भएको बताए । सरकारले अनावश्यक कर बृद्धि, मूल्य बृद्धि गरिरहेको भन्दै यस्ता कदम तत्काल रोक्न पनि सरकारलाई चेतावनी दिए । बढाएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता नगरिए देश व्यापी आन्दोलन गर्ने पनि महरले चेतावनी दिए ।

त्यस्तै यातायात व्यवसायीको रोक्का गरिएको बैंक खाताका विषयमा पनि सरकारलाई चाडो भन्दा चाडो उचित निकास निकाल्न आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.