सरकार जनअपेक्षा अनुसार चल्न सकेनः पौडेल

रिपोर्ट नेपाल | 2019 Feb 06 | 08:23 am 1557

काठमाडौं, माघ २३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समितिका सदस्य एवम् संघिय संसदका सांसद देबेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद र संसदीय दलमा सरकारका काम कारवाही बारे बताए झै जनस्तरमा सरकारको काम फितलो भएको भएको आफूले पाएको बताएका छन् ।

बुधबार नेता पौडेलले सरकारको काम कारवाही बारे सिंगो मिडिया र आम जनाता उतसाहित हुन नसकेको आफूले पाएको प्रष्ट पारेका छन् । उनले यसो भन्दैमा यस अघिको सरकारले भयानक गरेको र वर्तमान सरकारले गर्नै नसकेको भन्ने नभएर जनताको चाहाना र अपेक्षा अनुसार नभएको मात्रै हो ।

सरकार र पार्टीलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि दुई नेता केपी कमरेड र प्रचण्ड कमरेडबीचको एकता आजको आवश्यकता भएकोले उहाँहरु एक आपसमा चिन्तित र छलफलमा व्यस्त रहेको आफूले पाएको नेता पौडेलको भनाई रहेको थियो ।

तीन महिनामा सबै प्रकृया समाप्त गर्ने गरी भएको दुई पार्टीको एकताको विषयमा राखिएको जिज्ञासामा नेता पौडेलले कार्यदलले जुन रफ्तारमा आफ्नो काम गर्नुपर्ने थियो विविध कारणले गर्न नसकेको कारण तल्लो कमिटी र जनवर्गीय संगठन एकीकरण हुन नसकको बताए । पार्टी एकीकरणको ढिलाई प्रति आम जनताले शंका उपशंकाको दृष्टिले हेर्दै गरेका प्रश्नको जवाफ दिन कठिनाई भएको बताउँदै नेता पौडेलले अध्यक्ष केपी शर्मा ओलीको दोहोरो जिम्मेवारी भएका कारण पनि केही ढिलाई भएको स्वीकार गरेका छन् ।

एकीकरण ढिलाई हुनुमा हिजोका प्रवृत्ती सोच केही हदमा तगारो बनेपनि अव दुई नेताले कार्यदलको आजसम्मको प्रगति जस्ताको तस्तै लिएर आँखा चिम्लिएर निर्णय गर्नुपर्ने कुरामा जोड दिएका छन् । दुई पार्टी एकता भएपनि नेता कार्यकर्ताको आत्मा एकता हुन नसकेको हो ?

भनि राखिएको जिज्ञासामा नेता पौडेलले यो गलत सोच र चिन्तन हो । हामी जव दुई पार्टी मिलेर नेकपा बनायौं त्यसपछि हाम्रो मन मस्तिष्क नेकपामै केन्द्रित छ । धमिलो पानीमा माछा मार्न सकृय एउटा तत्वले यस्ता भ्रामक कुरा बजारमा चर्चा गराएर दुई नेता विभाजन गर्न सकिन्छ कि भनेर गरिएका यस्ता “कु” प्रचार गलत हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.