काठमाडौं, जेठ ३०: नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकार गरिव नेपाल दुःखी नेपाली बनाउने बाटोमा अघि बढेको बताएका छन्। दैनिक उपभोग्य बस्तुको मूल्यमा तीन सय प्रतिशतसम्म वृद्धि गरेर जनताको ढाँड सेक्ने काम गरेको सरकारले फेरी यातायातका साधनमा भाडा बृद्धि गर्दै जनतालाई गरिव बनाउन चाहेको आरोप लगाए।
महरले यातायातका साधनमा गरिएको भाडा बृद्धि तत्काल फिर्ता गर्नसमेत चेतावनी दिएका छन्। प्रेस, न्यायालय, सुरक्षा, शिक्षादेखि संवैधानीक अंग र धर्म संस्कृतिमाथि धावा बोल्दै अगाडि बढेको सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको नेता महरको अरोप छ।
उनले सरकारले चुनाव ताका जनतासामु गरेका सबै बाचा अहिले मिथ्या सावित भएको आरोप लगाए।
सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले वृद्धि गरेको छ। छोटो तथा लामा दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक तथा टेम्पो लगायत सबै खाले सार्वजनिक यातायातमा एकै पटक १२ प्रतिशतले भाडा वृद्धिगर्नु अन्यायपूर्ण भएको नेता महरको भनाई छ। उनले बढाइएको भाडा फिर्ता नभए आफूहरूलाई सह्य नहुँने बताए।