सरकारी छाप किर्ते मुद्दाका कसुरदार पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 24 | 05:03 pm 4682

काठमाडौं, मंसिर ८: सरकारी छाप किर्ते मुद्दाका कसुरदारलाई ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं माछापोखरी बस्ने चितवन कल्याणपुर घर भएका २६ वर्षीय छविलाल तामाङ रहेको ब्यूरोले जानकारी दिए ।

सरकारी छाप किर्ते मुद्दामा १ वर्ष कैद फैसला भएका फरार कसुरदार तामाङलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं रातोपुलबाट पक्राउ गरेको ब्यूरोले जनाए ।

तामाङ लगायतको संलग्नतामा यातायात व्यवस्था कार्यालय वीरगंजको छाप र शाखा अधिकृतको दस्तखत किर्ते गरी मोटरसाईकल नम्बर र ब्लुबुक समेत नक्कली बनाएको मुद्दामा उनलाई उक्त कैद फैसला भएको थियो ।

तामाङलाई जिल्ला अदालत काठमाडौं मार्फत कारागार कार्यालय सुन्धारा पठाइएको उक्त ब्यूरोले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.