काठमाडौं, माघ २५ :कांग्रेसले आफ्ना कार्यकर्ता रिहा गर्न भनी सरकारलाई राखेको माग पुरा भएको छ । सरकारी गाडी जलाउने अभियोगमा पक्राउ परेका नेविसंघका ३ कार्यकता शुक्रबार रिहा भएका हुन् ।
प्रहरीले गाडी जलाएपछि केन्द्रीय सदस्य भानु ढकाल, सागर सापकोटा, गोविन्द नेपाली, विधान लामिछाने लगायतका विद्यार्थी नेताहरूलाई पक्राउ गरेको थियो ।