सरकारी कागजात कीर्ते गर्ने हरिशरण सिआइबीको पञ्जामा

| 2020 Jul 23 | 12:48 pm 2019

काठमाडौं, साउन ८ःसरकारी छाप दस्तखत कीर्ते गरी ठगी गरेको भनी मालपोत कार्यालय कलंकीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हरिशरण महत समेत भएको मुद्दाका अभियुक्तलाई केन्दं्रीय अनुसन्धान ब्यूरोले पक्राउ गर्न सफल भएको छ ।

सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दामा सम्मानित उच्च अदालत पाटनको २०७० चैत १७ गतेको फैसलाले साविक ललितपुर जिल्ला मतिखेल गाबिस वडा नं. ३ भई हाल ललितपुर महांकाल गाउँपालिका वडा नं. २ बस्ने ४३ वर्षीय हरिशरण महतलाई २ बर्ष कैद र ३७ लाख ५० हजार जरिवाना ठहर भएकोमा उनी फरार रहेका थिए ।

उक्त सजाय वेरुजू रही फरार रहेका महतलाई २०७७ साउन ७ गते सातदोबाटो, ललितपुरबाट लुकिछिपि बसेको
अवस्थामा फेला पारी पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सिआइबीले जनाएको छ ।

अभियुक्त हरिशरण महत समेतका प्रतिवादीहरुले लोप्साङ् लामा र निजकी श्रीमती च्यूङ्ताङ् लामाको नाममा संयूक्त दर्ता रहेको साविक जिल्ला काठमाडौं सितापाईला गाबिस वडा नं ९, हाल नागार्जुन नपा वडा नं. ५ स्थित कित्ता नंबर ८१८, क्षेत्रफल २–०–२–० भएको जग्गा मालपोत कार्यालय कलंकीका खरिदार भिम बहादुर राईको मिलेमत्तोमा नक्कली कागजात खडा गरी बिक्रि गरेको बुझिएको छ ।

काठमाडौं जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामा लगायत अन्य कागजातहरु नक्कली बनाई उक्त जग्गा जिल्ला सिन्धुपाल्चोक फुल्पिङ्कट्टी गाबिस वडा नं १ बस्ने कमल कुमार श्रेष्ठको नाममा नामसारी गराई जिल्ला कास्की साविक पोखरा उमनपा वडा नं ३ वस्ने
प्रवीणमान श्रेष्ठलाई गफलतमा पारी मिति २०६४ चैत २४ ७५ लाखमा बिक्री गरी सरकारी छाप दस्तखत कीर्ते र ठगी गरेको ठहर अदालतले गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.