सरकारविरुद्ध चिकित्सकहरुको प्रर्दशन, चिकित्सकहरुविरुद्ध सेवाग्राहीको प्रर्दशन

| 2018 Jul 19 | 06:13 pm 5983

काठमाडौं, असार ३ : चिकित्सकहरूले अस्पताल बन्द गरेपछि चिकित्सकहरुविरुद्ध  सेवाग्रहीले प्रदर्शन गरेको छ । अस्पतालको सबै सेवा सुचारु गराउन माग गर्दै बिहीबार वीर अस्पतालमा सेवाग्राहीहरुले  प्रर्दशन गरेका हुन्।

सेवाग्रहीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरूले गरिरहेको भन्दै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन् । बिरामी र बिरामी कुरुवाहरूले विरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरूले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

उता चिकित्सकहरू भने वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
नेपाल चिकित्सक संघले आजबाट देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको छ ।
सबै सेवा बन्द भएपछि सेवग्रहीहरुले पनि प्रर्शन गरेका हुन् ।

गरिएपछि बिरामी र विरामीका कुरुवाहरूले सास्ती व्यहोर्नु परेको छ । बिरामी कुरुवाहरूले आफ्नो बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरूले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग पनि गरेका छन् ।

गोविन्द केसीको माग जायज भए पनि पूर्व मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका विरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरूले महाअपराध गरेको सेवाग्राहीहरुको भनाई छ । उनीहरूले विरामीहरुको उपचारमा चिकित्सकहरू नफर्किए उनीहरुविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.