सरकारले सार्वजनिक बिदा दिए पनि स्नातक तहको परीक्षा नरोकिने

रिपोर्ट नेपाल | 2018 Aug 28 | 06:29 pm 1758

काठमाडौँ, भदौ १२ : सरकारले बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरे पनि स्नातक तहको परीक्षा नरोकिने भएको छ । त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन गर्ने भएको छ ।

‘परीक्षा पूर्वनिर्धारित तालिका हो,’ त्रिवि उपकुलपति तीर्थराज खनियाँले भने, ‘बिहान, दिउँसो दुवै सिफ्टको परीक्षा देशभरि सुचारु रहन्छ, रोकिँदैन ।’

गृहमन्त्रालयको सुरक्षा महाशाखामा आज बसेको सम्बन्धित निकायको बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० सम्मेलनलाई सहजरुपमा सम्पन्न गर्न शिक्षा मन्त्रालयको सिफारिशको आधारमा भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बिदा दिने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.