सरकारले समृद्धिको सिलन्यास समेत गर्न नसकेको वरिष्ठ नेता पौडेलकाे आरोप

रिपोर्ट नेपाल | 2019 May 23 | 10:10 pm 1766

डडेल्धुरा, जेठ ९: प्रमुख प्रितपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले चर्चा गरे अनुसार समृद्धिकाे सिलन्यास समेत गर्न नसकेको आरोप लगाएका छन्।

उक्त कुरा बिहीबार डडेल्धुरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता पौडेलले बताएका हुन्।  अहिले दुई तिहाईको कम्युनिस्ट सरकारले १४ महिनासम्म समृद्धिका ठूल्ठूला सपना बाढ्ने  बाहेक केही काम गर्न नसकेको उनले दाबी गरे।

नेता पाैडेलले भने ‘बहुमतको सरकार भन्छन्। सत्ताकाे जिम्मा पएकाे १४ महिना भैसक्यो के गरे? हामीले बनाएका सडकहरु, पुलहरु, भवनहरु, नहरहरु उद्घाटन गर्न बाहेक कहाँ नयाँ के सिलन्यास गरे त? कुन कलकारखाना कुन उद्योग सुरुवात भयो? उनले प्रश्न उनले गरे।

अहिलेको सरकारको पहिले प्राथमीकता आफना नेता कार्यकर्ता कसरीलाई बजेट दिने वा बजेटलाई कार्यकर्ता मुखी बनाउने रहेको नेता पौडेलको भनाइ छ। उनले कांग्रेसले जितेका स्थानीय तहमा बजेट नै नदिने यहि हो समावेशी लोकतन्त्र भन्दै नेकपाको सरकारलाई पक्षपाति सरकारको संज्ञा दिए।

सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ। शासकहरू केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो। आफ्नो पार्टीलाई जात, क्षेत्र, धर्म र भूगोलको आधारमा नभई सिद्धान्तको राजनीतिमा ल्याउन आफू प्रयासरत रहेको उनको भनाइ थियो।

एक अर्को फरक  प्रसंगमा पौडेलले भने ‘हामी माथि मिल्छौं तर तलका कार्यकर्ता साथीहरु कसरी अरुलाई कमजोर बनाउने भने दाउमा लाग्छन्, अनि कांग्रेस कसरी ठूलो पार्टी बन्छ।’ वरिष्ठ नेता पौडेलले जिल्लाका नेता तथा कार्यकर्ताहरुले पनि नेपाली कांग्रेसको सिद्धान्तलाई लिएर अब गाउँगाउँमा जनताको भावना जान निर्देशन गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.