काठमाडौ, असार १७: सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको (विप्लव) नेपाल कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्तामाथि प्रहरीले दमन गरेको दाबी गर्दै घटनाको निन्दा गरेको छ । सोमबार सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ मा राजनीतिक कार्यक्रमका लागि गएर बसेका कार्यक्रतामाथि सरकारले प्रहरी परिचालन गरी दमन गरेको भन्दै घटनाको निन्दा गरेको हो ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सोमबार एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । उनले दमन बन्द नगरे आफुहरु प्रतिरोधमा उत्रिनेसमेत चेतावनी दिएका छन् । विज्ञप्तीमा भनिएको छ, ओली-बादल गृह प्रशासनले राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसेका कार्यकक्रर्तामाथि प्रहरी लगाएर दमन गरेको छु, यो घटनाको पार्टी निन्दा एवम् भर्त्सना गर्दछ ।
“एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेता(कार्यकर्तालाई दमन, गोली प्रहार र समातेर हत्या गर्ने ओली-बादलमण्डली सरकारको कार्य निन्दनीय छु, ‘अविलम्ब यो दमन नरोके नेकपाले प्रतिरोध गर्नेछ । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार यही केपी-बादल सरकार हुनेछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
(विज्ञप्ति यस प्रकार छ)
