सरकारले वितरण गर्ने सिटामोल पनि गुणस्तरहीन

रिपोर्ट नेपाल | 2020 Aug 09 | 08:55 am 2664

काठमाडौं, साउन २५ः स्वास्थ्य संस्थाहरुबाट वितरण गरिने अति आवश्यक औषधिको गुणस्तर अध्ययन गर्दा ३७ वटा ब्याच उचित गुणस्तरको नभएको पाइएको छ जसमा ज्वरो आउँदा सेवन गर्ने सिटामोल पनि छ ।

कुल ६२ स्वास्थ्य संस्थाहरु र पाँच क्षेत्रीय मेडिकल स्टोरले गरेको अध्ययनले यो नतिजा निकालेको हो । प्रतिवदेनमा कुल ६२ स्वास्थ्य संस्था पनि संलग्न थिए । यस अध्ययनले १७ वटा जिल्ला अस्पताल, तीनवटा अञ्चल अस्पताल, एक क्षेत्रीय अस्पताल, २१ वटा प्राथमिक स्वास्थ्य केन्द्र र २० वटा स्वास्थ्य चौकीहरु समेटिएका छन् ।

२० प्रकारका औषधिहरुको कुल २४४ ब्याच ल्याबमा टेस्ट गर्दा, २३ वटा नेपाल सरकारद्वारा वितरण भएका ब्याच र १४ वटा ब्याच स्वास्थ्य संस्थाहरुमा अन्य स्रोतबाट आएका छन् –प्रतिवेदनमा भनिएको छ ।

यस अध्ययनमा स्वास्थ्य संस्था तथा क्षेत्रीय मेडिकल स्टोरहरुबाट २० प्रकारका औषधिको कुल ४४ ब्याचहरु संकलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा गुणस्तर परीक्षणका लागि पठाइएको थियो । प्रतिवदेदन अनुसार, संकलन गरिएका २० प्रकारका औषधिमध्ये सात प्रकारका औषधिहरु गुणस्तरमा फेल भएका छन् ।

गुणस्तर फेल भएका औषधिमा सिप्रोफ्लोक्सिन हाइडोक्लोरायड आँखा र कानमा हाल्ने झोल, आइरन एप्लिमेन्ट्स ट्याब्लेट, मेट्रोनिडेजोल, प्यारासिटामल पेडियाट्रिक ओरल सस्पेन्सनलगायत छन् ।

गुणस्तरीय नदेखिएको प्यारासिटामलको ब्याच ३ रहेको जनाइएको छ । यस औषधिको आपूर्तिकर्ता नेपाल सरकार रहेको प्रतिवेदनमा जनाइएको छ । यसै गरी स्थानीय स्रोतबाट आपूर्ति गरिएको प्यारासिटामल– ब्याच ३ को पनि गुणस्तर फेल रहेको बताइएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.