सरकारले निर्मला पन्तका बलात्कारी लुकाएको छैन : सांसद शान्ता चौधरी

रिपोर्ट नेपाल | 2019 Mar 08 | 03:33 pm 1390

काठमाडौँ, फागुन २४ : सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले अधिकार प्राप्तिका हिसाबले पछिल्लो समयको अवस्था सन्तोषजनक रहेको बताइन् ।

महिला दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले गरेको विशेष साक्षात्कार कार्यक्रममा बाेल्दै निर्मला पन्तको बलात्कारीलाई सरकारले लुकायो भन्ने आरोपप्रति चौधरीले गम्भीर आपत्ति जनाइन् ।

उनले पछिल्लो समय निर्मला प्रकरण नै सरकारको प्रमुख मुद्दा भएको दाबी गर्दै उनले यो सरकारले बलात्कारी लुकायो भन्नेहरू दुई तिहाइ सरकारदेखि डराउनेहरू मात्रै भएको तर्क गरिन् ।

निर्मला प्रकरणबारे संसद्मा प्रधानमन्त्री र गृहमन्त्रीले पटक पटक जवाफ दिइसकेको र प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको चौधरीले बताइन् ।

“यो देशमा निर्मलाको मात्रै बलात्कार भएको छ र ? निर्मला जस्ता धेरैले हिंसा बेहोर्नुपरेको छ । अरूको विषयमा नबोल्ने ? किन निर्मलाको विषयमा मात्रै बोल्ने ?” उनले प्रश्न गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.