सरकारले धर्मपरिबर्तनको महाहोड अन्त्य गरोस् : अध्यक्ष कमल थापा

रिपोर्ट नेपाल | 2018 Jul 02 | 04:51 pm 4274

  • कपिल ज्ञवाली

बुटवल , १८ असार : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार एकदलीय सर्बसत्ताबादको खतरातिर जान सक्ने खतरा औँल्याएका छन् ।

सरकारको बारेमा ठोस निष्कर्ष निकाल्नु उपयुक्त बेला त होइन उनले भने—‘तर ५ महिनाको गतिविधि हेर्दा जनतामा केही आशा र जनतामा बढी आशङ्काको स्थिति देखिपरेको छ ।’ रिपोर्टर्स क्लब प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले अगाडि भने —‘ २ तिहाइको बहुमतको कारण एकतर्फ स्थिरता,आर्थिक विकास र समृद्धिको आशा छ तर अर्कोतर्फ सत्तारुढ दलका कारण कहिकतै एकदलीय सर्बसत्तााबादको आशंका पनि देखिन्छ ।’

एकदलीय सर्बसत्ताबादको खतराको आशंका छ ,त्यसलाई पराजित गर्नका निम्ति अन्यदलहरुबिच कार्यगत एकता हुनुपर्ने उनले भनाइ छ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले नेपाली जनताले निरंकुशता र सर्बसत्ताबाद नस्वीकार्ने कुरा प्रमाणित भैसकेको बताए । अहिलेको अवस्थामा दलहरूबिच एकता र सहकार्य गरेर सरकार अगाडि बढ्नुपर्ने उनको विश्वास छ ।

आफ्नो पार्टी हिन्दु राष्ट्र र राज संस्था पुनर्स्थापनाका निम्ति निरन्तर संघर्ष गरिराखेको भन्दै साउन २ देखि हिन्दु जागरण अभियान लिएर देशभर हिँड्ने उल्लेख गरे ।  असोज मसान्तभित्र पार्टीको गाउँ,वडा तथा सबै तहमा संगठन पुनर्निर्माण तथा पुनर्गठन गरिने समेत उनले प्रस्ट पारे ।
हिन्दु राष्ट्र ९४ प्रतिशत जनताको सम्मान र पहिचानका लागि भएको थापाको भनाइ छ । उनले भने-‘समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहित हिन्दु राष्ट्र बनाउने हाम्रो माग हो ,यो सम्भव छ ।  सरकारले धर्मपरिबर्तनको महाहोड अन्त्य गरोस् ।’

हिन्दुधर्मका पक्षपाती समेत रहेका थापाले योजनाबद्ध र संगठीत रूपले धर्म परिवर्तन गराउने होडबाजी भएको भन्दै आपत्ति जनाए । उनले विगतका ५ वर्षभित्रमा दसौँ लाखको धर्म परिवर्तन भएको दाबी गर्दै उनले सरकारले धर्मपरिबर्तनको महाहोड अन्त्य गर्नुपर्नेमा जोड दिए ।

‘संगठीत धर्मपरिबर्तन डण्डनीय छ ,सरकारले रोकोस् । ’ हिजोका पञ्चहरूको बाहुल्यता रहेपनि पार्टीमा पञ्चहरूको मात्रै पार्टी नभएको प्रस्टउदैँ भने उनले भने —‘राष्ट्रियता,प्रजातन्त्र र हिन्दुहरूको बाहुल्यता रहेको पार्टी भएकाले अब पार्टी नफुट्ने गरी चाँडै जुट्छ । ’
नीतिगत आधारमा ,सैद्धान्तिक आधारमा एकता हुने र पार्टी विभाजनको परिणाम तितो अनुभव सबैलाई थाहा भएको बताए ।

चीन र भारतसँग नेपालको सम्बन्ध सन्तुलित हुनुपर्ने उनको भनाइ छ । बाम सरकारका केही कमजोरी भएको देखिन्छ ,समदुरी र सन्तुलित सम्बन्ध फरक हो ।उनले भने —‘नेपाल भारतको सम्बन्ध अरू देशसँग तुलनै हुन सक्दैन ।’ उनले वर्तमान अवस्थामा काँग्रेस र कम्युनिस्टसँग कुनै पनि एकता नहुने बताए ।उनले काँग्रेस र कम्युनिस्टको विकल्पको पार्टी भएको प्रस्ट पारे । रिपोर्टर्स क्लब नेपाल, ५ नम्बर प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.