सरकारले देशलाई बर्वादी तिर धकेलेको सांसद सिंहको आरोप

| 2023 Oct 08 | 03:32 pm 1513

काठमाडाैं, असोज २१ । संघीय सांसद अमरेश कुमार सिंहले सरकार देशलाई बर्वादीको दिशातर्फ अघि बढेको आरोप लगाएका छन् । सरकारको संलग्नतामा देशमा धार्मिक र जातीय दंगा फैलाउन लागेको सिंहले आजको संसद बैठकमा सिंहले आरोप लगाएका छन् ।

आफूहरु देश जलेको टुलुटुलु हेरेर तलब खान नआएको बताउँदै सरकार “रोम जलेको बेला निरोले बासुरी बजाएर बसे” जस्तै जलिरहेको देशलाई धार्मिक र जातीय दंगा फैलाउन खोजिएको सांसद सिंहको आरोप थियो । आज डाक्टर प्रोफेसरले पिटाई खाएर बस्नुपर्ने अपराधिहरु छाती खोलेर ठूलै विजय हासिल गरे झैं माला लगाएर जुलुश सँग जवाफ मागेका छन् । सरकारको कृयाकलाप हेर्दा पानीमा डुबेर मर्नुपर्ने भन्दै सिंहले सांसाद बैठकमा आरोप लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.