काठमाडौँ, कात्तिक १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सय वटा पर्यटकीय स्थलको घोषणा गरेको छ। मन्त्रीस्तरी निर्णयबाट पर्यटन मन्त्रालयले बिहीबार ७७ जिल्लाका थप एक सय वटा गन्तव्य सार्वजनिक गरेको हो ।
मन्त्रालयले सबैभन्दा धेरै काठमाडौंमा सात वटा पर्यटकीय गन्तव्य घोषणा गरेको छ ।महाशिवरात्रिमन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार काठमाडौंको पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भु, नारायणहिटी, चन्द्रागिरी, सुन्दरीजल र बूढानीलकण्डलाई पर्यटकीय गन्तव्यका रुपमा पहिचना गरेको छ । ललितपुरमा जम्मा दुईवटा ठाउँ मात्र पर्यटकीय क्षेत्रका रुपमा मन्त्रालयले पहिचान गरेको छ ।
ललितपुरको पाटन दरबार स्क्वयार र फूलचोकीलाई आकर्षक गन्तव्यका रुपमा सार्वजनिक भएको छ । यसअघिदेखि नै आकर्षक गन्तव्य मानिएको लम्जुङको घले गाउँ तनहुँको बन्दीपुरलाई पनि सरकारले पर्यटकीयस्थलको सूचीमा राखेको छ ।
पर्यटन मन्त्रालयले नेपाली भाषाको उद्गम थलो जुम्लाको सिंजा उपत्यका, हुम्लाको लिमी, मुगुको रारा ताललाई पनि घुम्नु पर्ने स्थानका रुपमा राखेको छ ।
अरु कहाँ-कहाँ परे ?