काठमाडौं, बैशाख १३ः नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ लगायतका ६ विद्यार्थी संगठनले सांसद अपहरण गरिएको भन्दै अपहरणकारीलाई कारबाहीको माग गरेका छन् ।
शनिबार संयुक्त विज्ञप्ति निकाल्दै सिंगो विश्व कोरोनाको संक्रमणले आक्रान्त भएको अवस्थामा नेपाल पनि सोही कारणले लकडाउन गरी ठप्प भएको अवस्थामा सरकार जनतप्रति उत्तरदायी बन्नुको सट्टा दल विभाजन गराउने उद्देश्यले सांसद अपहरणमा लागेको आरोप लगाइरहेको छ ।
यसरी मुलुक आक्रान्त भएको समयमा सांसद अपहरण गर्नेलाई सरकारले कारबाही नगरे ६ विद्यार्थी संगठनले कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसै विषयमा नेविसंघका महामन्त्री दिपक भट्टराईले रिपोर्ट नेपालसँग संक्षिप्त कुरा गर्दै सरकार सांसद अपहरणमा संलग्न देखिनु त्यो भन्दा ठूलो अपराध अरु केही नहुने बताएका छन् ।
महामन्त्री भट्टराईले यस्तो अपराधकर्ममा संलग्न सरकारलाई मुलुकको नेतृत्व गर्ने नैतिक अधिकार नभएको र नैतिक तागत पनि बताएका छन् ।
जनतालाई लकडाउनको नाममा घरमा थुनेर सरकारले अपराध कर्म गर्नेलाई सडक खाली बनाइदिएको पनि भट्टराईको आरोप छ ।
