कास्की, मंसिर ६: प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमाथि अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप लगाएका छन् ।
शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकारको चर्को आलोचना गरेका हुन् । उनले सम्बोधन गर्ने क्रममा सरकारले संवैधानिक परिषद्लाई कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको भन्दै आलोचना गरेका थिए ।
अब सरकारका गलतका कामका विरुद्ध सडक र सदनमा लड्ने देउवाले बताए । कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा लम्परारवादमा परिणत भएको समेत बताए ।