सरकारलाई दुईतिहाइको मात लागेको काँग्रेस पूर्वमहामन्त्री सिटौलाको आरोप

रिपोर्ट नेपाल | 2018 Jul 31 | 07:29 pm 2370

भद्रपुर, साउन १५ : नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई दुईतिहाइको मात लागेको आरोप लगाएका छन् ।

झापाको सदरमुकाम चन्द्रगढीमा आज काङ्ग्रेस झापाद्वारा आयोजित विरोधसभामा नेता सिटौलाले सरकारले जनताको अधिकारमाथि दमन गर्न खोजेको बताए ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा नेतृत्वको सरकार चौतर्फी रुपमा असफल भएको दावी गरेका छन् । उनले प्रधानमन्त्री केपी ओलीलाई सरकार संसद्, सडक र मिडियामा नियन्त्रण गरेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.