सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

रिपोर्ट नेपाल | 2021 May 05 | 12:26 pm 3521

काठमाडौं, बैशाख २२ः प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

बुधबार बिहान समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाइएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई पत्र बुझाएका हुन् ।

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने र त्यसबारेको पत्र आज दर्ता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले सर्मथन र्फिता लिएसँगै सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने माओवादीले समर्थन फिर्ता लिने निर्णय गर्नु अघि नै संसदमा विश्वासको मत लिने निर्णय गरेका थिए । त्यसका लागि वैशाख २७ मा संसद बैठक आह्वान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.