काठमाडौं, साउन ९ : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारको निरंकुशताविरुद्ध जुध्नका लागि पर्टिका सबै नेता कार्यकर्तालाई आहृवान गरेका छन् । बुधबार आयोजित वीपी स्मृति दिवसको एक कार्यक्रममा बोल्दै उनले पार्टीका सबै नेता कार्यकर्तालाई एक जुट हुन आहृवान गरेका हुन् ।
शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका आफ्ना पार्टीका युवा संगठन तरुण दलका नेताहरुलाई घाइते बनाउने काम गरिएको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे । महामन्त्री कोइरालाले सरकारको ज्यादतिविरुद्ध नडराई लेख्न पनि पार्टी निकटका पत्रकारहरुलाई आग्रह गरे ।