सरकारको आलोचना स्वभाविक : महासचिव विष्णु पौडेल

| 2018 Oct 06 | 02:11 pm 2280

काठमाडौं, असोज २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको आलोचना स्वभाविक भएको बताएका छन्।

लामो समयपछि बनेको शक्तिशालि सरकारप्रति जनताका अपेक्षा धेरै भएको र चाँडो विकास खोज्‍नाले आलोचना हुनु स्वभाविक भएको बताए। उनले भने, ‘ राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा दशकौंदेखिको वेथितिको संग्रह छ । ति सबै एकैपटक विस्फोट हुँदा जनताको आक्रोश बढेको हो।’

महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गरे। उनले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको दोहोर्‍याए।

सरकार अहिले पार्टीभित्रका समाधान गर्न केन्द्रित भएकले विकासमा गति नभएको उनले स्वीकार गरे। उनले भने, ‘सरकारले जनताको अपेक्षा पूरा हुने गरी विकासलाई अगाडि बढाउन सकेको छैन। पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको छ।’

आफ्नै निवासमा सञ्‍चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए । उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए।

पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दै पार्टीभित्र कुनै समस्या नभएको उनको भनाइ थियो।

उनले चाँडै नै सरकारले परिमाण आउने गरी जनताको निराशालाई चिर्दै आत्मविश्वास बढाउँदै विकास निर्माण, समृद्धि र सामाजिक न्याय दिने गरी काम अगाडि बढाउनेसमेत बताए।

नेता पौडेलले संविधान कार्यान्वयन भइरहेको भन्दै अबको ध्यान मुलुकको विकास निर्माणमा केन्द्रित हुने धारणा राखे। उनले सिङ्गो समाज र सबैको सोच बदलेर मुलुकको विकास दू्रतगतिका साथ लैजानुको विकल्प नभएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.