‘ सरकारको अहिलेकै जस्तो रवैया कायम रहे सडकबाटै ढाल्नेछौँ’ : उपसभापति विजयकुमार

रिपोर्ट नेपाल | 2019 Feb 05 | 07:06 pm 1761

इनरुवा, माघ २२ :नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान केपी ओली नेतृत्वको सरकारलाई सडकबाटै ढाल्ने चेतावनी दिएका छन् । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काङ्ग्रेसको सरकार विरुद्धको वृहत् विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका उपसभापति गच्छदारले सो चेतावनी दिएका हुन ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार संविधान र नेपाली जनता विरोधी भएको दाबी गर्दै नेता गच्छदारले भने कम्युनिस्ट सरकारको अहिलेकै जस्तो रवैया कायम रहे सडकबाटै ढालेर देखाई दिने चेतावनी दिए । सुनसरीको विभिन्न क्षेत्रबाट आएका सयौँ नेता कार्यकर्ता सहभागी कार्यक्रममा बोल्दै नेता गच्छदारले भने सरकारले जुन ढङ्गले मनोमानी निर्णय गरेर अघि बढेको छ, त्यसमा नसचिए सडकबाटै सरकार ढाल्ने चेतावनी दिएका हुन् ।

कम्युनिस्ट सरकारका कारण लोकतन्त्र खतरामा परेको दाबी गर्दै नेता गच्छदारले भने संविधान र जनताको अधिकार जोगाउन काँग्रेसले आन्दोलन गर्नु परेको बताए । उपसभापति गच्छदारले सुनसरीको सदरमुकाम इनरुवामा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गदै नेकपा नेतृत्वको सरकार लाई जथाभाबी निर्णय नगर्न सचेत गराए । सरकारले मनोमानी गरी अघि बढेमा सडकबाटै आन्दोलन गरेर सरकारलाई ढाल्नेछौँ उनले भने । संविधान विरोधी भ्रष्टाचारी सरकार लाई जनता बाट दण्डित गर्न नेपाली काङ्ग्रेस को नेतृत्वमा आन्दोलन सुरु गरिएको नेता गच्छदारको भनाइ थियो ।

नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालय इनरुवाबाट सुरु भएको विरोध सभा इनरुवा बस चोकमा आयोजित सभामा केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीले सरकार जनविरोधी भएको टिप्पणी गरे । शान्ति सुरक्षाको अवस्था कमजोर छ । चुनावका बेला ललीपप देखाएर भोट लिएपनि संविधानले दिएको अधिकारबिरुद्ध अहिलेको सरकार अघि बढेको छ, उनले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.