काठमाडौं,भदौ ५: नेपाल समय डटकमका सम्पादक विष्णु सुवेदीलाई पितृशोक परेको छ। सुवेदीका पिता धातानन्द सुवेदीको मंगलबार निधन भएको परिवारले जनाएको छ।
विगत लामो समयदेखि प्रोस्टेट ग्रन्थीको क्यान्सरबाट पीडित सुवेदीको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो।
उपचारकै क्रममा मंगलबार बिहान उनको निधन भएको हो। मंगलबार पवित्र तिर्थस्थल देवघाटको कालिगण्डकी किनारमा दाहसंस्कार गरिएको छ। स्वर्गीय सुवेदीको पार्थिक शरीरमा जेठा छोरा विष्णु सुवेदीले दागबत्ति दिएका थिए।
गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगामा २००७ सालमा जन्मिएका स्वर्गीय सुवेदीका पत्नी, दुई छोरा र एक छोरी छन्।
सम्पादक सुवेदीको परिवारलाई परेको पितृशोकको यस दुःखद् घडीमा रिपोर्ट नेपाल परिवार हार्दिक समवेदना प्रकट गर्दै मृतात्माको चीर शान्तिको कामना गर्दछ।