समृद्धि चाहने हो भने सिण्डिकेट र कार्टेलिङ हटाउनु पर्छ : गृहमन्त्री थापा

रिपोर्ट नेपाल | 2018 Jul 11 | 03:07 pm 3739

काठमाडौं, २७ असार : गृहमन्त्री रामबहादुर थापा बादलले सिण्डिकेट नहटे मुलुकमा समृद्धि नआउने बताएका छन् । नयाँ बसपार्कमा आज आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्ने बताए ।

‘हिजो हामीले जुन विधि व्यवस्था अपनायौं । त्यसलाई हामी सिण्डिकेट वा कार्टेलिङ भनिन्छ । त्यसबाट सबै नेपालीलाई समृद्ध बनाउन सकिन्छ त, निश्चित रुपमा सकिदैन’ उनले भने ‘हाम्रो विधि र प्रणालीहरुमा आमूल परिवर्तन गर्न जरुरी छ । त्यसमा गुणात्मक परिवर्तन गर्न जरुरी छ ।’

यातायात क्षेत्रमात्र नभई अरु क्षेत्रमा पनि पुरानै व्यवस्थालाई निरन्तरता दिएर देशको विकास नहुने भन्दै उनले परिवर्तन आवश्यक भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.