समुदाय–प्रहरी साझेदारी सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

रिपोर्ट नेपाल | 2018 Dec 22 | 12:59 pm 2962

ललितपुर, पुस ७ : समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको आयोजनामा कार्यक्राम सम्पन्‍न भएको छ । ललितपुर महानगरपालिका अन्तरर्गतका सामुदायिक एवं संस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि समुदाय–प्रहरी साझेदारी अवधारणा सम्बन्धी अभिमुखिकरण दिइएको छ ।

कार्यक्रम लिटिल एन्जल्स स्कुल हात्तिवन ललितपुरमा संचालन गरिएको थियो । उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उत्तम राज सुवेदी, प्रहरी नायव उपरीक्षक किरण जंग कुवर समेतबाट सहजिकरण गरिएको ।

उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर प्रमुख, शिक्षा विकास तथा समन्वय ईकाई ललितपुर प्रमुख, प्याव्सन, एनप्याव्सनका अध्यक्ष र प्रतिनिधी एवं विभिन्‍न विद्यालयका प्रधानाध्यापक तथा पत्रकारहरु समेत गरी करिब १ सय १५ जनाको सहभागिता रहेका थिए ।

सहभागीहरु सबैले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत विद्यालय केन्द्रित कार्यक्रमहरु विद्यालय, विद्यार्थी, शिक्षक एवं अभिभावकहरु समेतका लागि अत्यन्त उपयोगी रहेकोले सबै विद्यालयहरुमा प्रहरी विद्यालय सम्पर्क समिति गठन गरी स्कुल केन्द्रित कार्यक्रमहरु संचालन गर्न सहकार्य एवं समन्वय गरी अघि वढ्ने प्रतिवद्धता व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.