समितीबाट राजीनामा दिएका केसीले यस्तो भने

| 2018 Sep 11 | 07:45 am 1485

काठमाडौं, भदौ २६: निर्मला बलात्‍कार र हत्या प्रकरणको वास्तविक छानविन गर्न गठित समितिका सदस्य विरेन्द्र केसीले राजीनामा दिए। उनी न्याय सेवाका एक जना मात्र सदस्य हुन्। समितिमा एकजना गृह मन्त्रालयका सहसचिव र तीनजना सुरक्षाकर्मी छन्।

समितिले रातदिन काम गरेर थुप्रै मान्छेको बयान र स्थलगत प्रमाण संकलन गरिसकेकाले समितिको म्याद थप्नै नहुने उनको अडान थियो। प्रहरीले दिलीपसिंह विष्ट र बम दिदीबहिनीलाई थुनामा राखेको छ। तर, छानबिनका क्रममा संकलन भएका तथ्यले वास्तविक अपराधी थुनाबाहिरै रहेको र यो प्रक्रिया लम्बिँदा उनीहरू उम्किन सक्ने तर्क उनले समितिमा राख्दै आएका थिए।

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट अलग भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सदस्य वीरेन्द्र केसीको भने

सरकारले तोकिदिएको जिम्मेवारीअनुसार मिति ०७५ भदौ ८ देखि संयोजकसहितको टोलीसँगै म पनि कञ्चनपुरको महेन्द्रनगर पुगेँ । म चाहन्थेँ, वास्तविक अपराधी पहिचान गरी न्यायिक कठघरामा उभ्याइनेछ । तसर्थ म प्रतिदिन बीस घन्टाको दरले छानबिन कार्यमा नै तल्लीन रहेँ ।

अथक् प्रयासको परिणामस्वरूप घटनाको सम्बन्धमा मलाई एउटा निष्कर्षमा पु-यायो । कानुनको विद्यार्थी, विगतमा एउटा स्वास्थ्य प्राविधिकको लामो अनुभवले गर्दा घटनाको तथ्य, वस्तुस्थिति आमनागरिकको भनाइ अनुसन्धानको क्रममा तयारी पारिएका कागजातहरूबीचको तादात्म्यता र लासको प्रकृति आदिको विषयवस्तुको विश्लेषणबाटै घटनाको सम्बन्धमा निक्र्योल गर्न सहयोग पु-यायो ।

समयमा प्रतिवेदन पेस नगर्दा अपराधी उम्कन सक्ने प्रबल सम्भावना रहेको अवस्था नेपाल सरकारको मिति २०७५ भदौ २४ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार २०७५ भदौ २५ देखि लागू हुने गरी १५ दिन म्याद थप गरेको पत्र प्राप्त भएको सन्दर्भमा निर्मला पन्तको बर्बरतापूर्ण जघन्य अपराधको विरुद्धमा उभिई आत्मालाई र निजको परिवारलाई यस समितिबाट मेरोतर्फबाट असम्भव देखी आज मिति २०७५ भदौ २५ बाट अलग रहेको व्यहोरा नेपाल सरकार, प्रदेश–७ सरकारलाई जानकारी गराउँछु ।

घटनाको छानबिनको क्रममा सत्यतथ्य र मुख्य अपराधी पत्ता लगाउन लागिपर्ने अठोटसँगै क्रियाशील रहँदा म र मेरा परिवारलाई शक्तिशाली अपराधीबाट जुनसुकै समय हत्या गर्न सक्ने सम्भावना रहेकाले नेपाल सरकार, राष्ट्रिय मानवअधिकार आयोग, संयुक्त राष्ट्रसंघ मानवअधिकार आयोग, मानवअधिकार प्रवद्र्धन गर्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था, सरकार र राजनीतिक दललगायतलाई मेरो जीवन रक्षाका लागि सहयोगको अपिल गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.