सशस्त्र प्रहरीद्वारा निशान पूजा

रिपोर्ट नेपाल | 2019 Oct 07 | 05:14 pm 2603

काठमाडौं, २० असोज : : बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा असोज २० गते सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पूजा सम्पन्न भएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पूजाअर्चना गरेको उक्त निशान तथा मौलो पूजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानबाट पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो।

बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पूजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाए।

सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पूजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो। सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले बडादशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ।

त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पगरी तथा नगद पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा एपिएफ अधिकृत, विल्लादार तथा जवानको उपस्थित रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.